दोलखामा फोटो पत्रकार महासंघ गठन

 शम्भु गौतम     ७ माघ २०७५, सोमबार

दोलखा, माघ ७

दोलखा जिल्लामा नेपाल फोटो पत्रकार महासंघ दोलखा शाखा गठन भएको छ ।
सोमबार नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्य तथा नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा भएको एक भेलाले नेपाल फोटो पत्रकार महासंघ दोलखा तदर्थ समिति गठन गरेको हो ।
शम्भु गौतमको संयोजकत्वमा गठित तदर्थ समितिको सदस्यहरूमा जीवन लामा, रवीन्द्र गौतम, प्रल्हाद आचार्य, केदार शिवाकोटी, प्रभु जिरेल, निकेश श्रेष्ठ रहेका छन् ।
३ महिनामा जिल्ला शाखाको प्रथम अधिवेशन गरिसक्ने बताईएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के तथा नेपाल फोटो पत्रकार महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी केन्द्रीय सदस्य नरेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
नेपाल फोटो पत्रकार महासंघ दोलखाले जिल्लामा फोटो पत्रकारिताको दक्षता अभिवृद्धि र फोटो पत्रकारिताको व्यवसायीकरणमा जोड दिने बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।