प्रथम राष्ट्रपति रनिङशिल्ड कालिन्चोकलाई

 शम्भु गौतम     ११ माघ २०७५, शुक्रबार

दोलखा, माघ ११

भीमेश्वर नगरपालिकाले आफ्नो २३ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको प्रथम राष्ट्रिपति कप रनिङशिल्ड प्रतियोगिताको उपाधि सदरमुकामस्थित कालिन्चोक माविले हात पारेको छ । नगरपालिकाका १४ वटा विद्यालयलाई स्तव्ध पार्दै कालिन्चोक माविले उपाधि जितेको हो ।
नगरभित्रका १५ विद्यालय सहभागी भएकोमा ५ वटा इभेन्टमा गोल्ड मेडल जित्दै कालिन्चोकले उपाधि कव्जा गरेका हो । कालिन्चोकलाई पछ्याउँदै राइजिङस्टार माविले दोस्रो स्थान हासिल गरेको छ । उसले ४ वटा स्वर्णपदकसहित दोस्रो स्थान हासि गरेको हो । त्यसैगरी क्षमावती माविले तेस्रो स्थान हासिल गरेको छ ।
विजयी खेलाडी तथा विद्यालयहरुलाई संघीय सांसद पार्वत गुरुङ तथा भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले शिल्ड, मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । पहिलो हुने विद्यालयले १५ हजार, दोस्रो हुने विद्यालयले १० हजार र तेस्रो हुने विद्यालयले ५ हजार नगद पुरस्कार समेत जितेका छन् । प्रतियोगिता गत ७ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगितामा भलिबल तथा एथलेटिक्सका खेलहरु समावेश थिए ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।