ट्याक्सीले चक्रपथ बाहिर जान्न भन्न नपाइने

 अावाज स‌‌वाददाता     १३ माघ २०७५, आईतवार

काठमाडौ

अब ट्याक्सी चालकहरुले उपत्यकामा चक्रपथ बाहिर जान्न भन्नभएको छ । ेट्याक्सी चालकहरुले यात्रु चक्रपथ बाहिर पनि मिटरमा नै सेवा शुल्क लिनुपर्ने यातायात व्यवस्था बिभागले जनाएको छ । बिभागका शाखा अधिकृत लेवन काश्यप अधिकारीद्वारा हस्ताक्षर बिज्ञप्ती मार्फत ट्याक्सी चालकहरुले काठमाडौको चक्रपथ बाहिर मिटरमा जान नमान्ने चालकलाई सचेत गराएको छ । ट्याक्सी चालकहरुलाई सवारी नबिकरण गराउदा नै यात्रुको चाहना अनुसार चक्रपथको बाहिरी क्षेत्रमा पनि तोकिएकै भाडादरमा सेवा सञ्चालन गराउने कबुलनामा गराउन सम्बन्धित बिभागहरुले ट्राफिक कार्यालयमा उपलब्ध गराउन निर्देशन दिइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।