प्राइम बैंकले डिपोजिट लिन मानेन

 अावाज स‌‌वाददाता     १६ माघ २०७५, बुधबार

काठमाडौं, २०७५ माघ १६
प्राईम कमर्सियल बैंक, बानेश्वर शाखाका कारण सेवाग्राहीलाई सास्ती भएको छ । आज दिउँसो एक सेवाग्राहीले बैंकमा जम्मा गर्न लगेको रकम गन्न नसकिने तथा राख्ने ठाउँ नभएको भन्दै रकम लिन नमानेपछि सेवाग्राहीलाई सास्ती भएको हो । दोलखाका एक सेवाग्राहीले २० लाख रकम जम्मा गर्न लैजाँदा २ लाख एक सय दरका नोट भएकोले लिन नमानेको वताइन् । आफु दोलखा जानुपर्ने तर आफ्नो एक सय दरका नोट बैंकले समेत नलिएपछि आफुलाई समस्या भएको उनले बताइन् ।
सो बिषयमा प्रवन्धक अविसेक रघुवंशीसंग गर्न खोज्दा मोवाईल नम्वर दिन नमिल्ने कर्मचारीले बताए । शाखाका उप प्रवन्धक प्रविण श्रेष्ठले पनि नगद शाखाकै कर्मचारीको जस्तै बैंकमा पैसा धेरै भएको र राख्ने ठाउँ अभावका कारण रकम जम्मा गर्न नसकिने बताए । श्रेष्ठले आफ्नो बैंकमा रकम धेरै भएको तथा राख्ने स्थान अभाव भएकोले साना दरका नोट लिने नगरेको वताए ।
यसै विषयमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले भने, ‘सबैं बैंकले सेवाग्राहीले ल्याएका सवै दरका नोट लिनु पर्छ ।’ यसरी पैसा राख्ने ठाउँ अभाव भएर रकम जम्मा नगर्ने विषयनै होईन यो गैर जिम्मेवार जवाफ भएको र तत्काल उक्त बैंकबाट आफुले सो विषयमा जवाफ खोज्ने बताए । शिवाकोटीले नेपाल राष्ट्र बैंकले ३ दिन देखिनै सवैं बैंकहरुलाई ५०÷१०० दरका नोट धेरै भएको भए राष्ट्र बैंकमा पठाउन भनेको वताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।