ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारका लागि जेरियाट्रिक विज्ञ समूह गठन

 शम्भु गौतम     २० माघ २०७५, आईतवार

दोलखा, माघ २०

राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको स्वास्थ्य अधिकारको संरक्षण गर्ने उद्देश्यले जेरियाट्रिक विज्ञ समूह गठन गरेको छ ।
ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राख्दै उनीहरुको स्वास्थ्य अधिकार संरक्षणमा आयोगले गर्नुपर्ने कार्यको सम्बन्धमा आयोगलाई परामर्श तथा सहयोगका लागि आयोगका पूर्व सदस्य डा. गौरीशंकरलाल दासको अध्यक्षमा जेरियाट्रिक विज्ञ समूह गठन गरेको हो ।
आयोगका निमित्त सचिव डा. टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति प्रकाशित गरी विज्ञ समूह गठन गरेको जानकारी दिएका छन् । समूहका सदस्यहरुमा प्रा. डा. ध्रुवराज अधिकारी, डा. दिनेश सापकोटा, डा. रमेश कँडेल, डा. रचना शर्मा, डा. लोचना श्रेष्ठ र डा. नरेन्द्रसिंह ठगुन्ना रहेका छन् ।
विज्ञ समूहको राय अनुसार आयोगले ज्येष्ठ नागरिकहरुलाई केकस्तो स्वास्थ्य सेवाहरु उपलव्ध गराउँदै उनीहरुको स्वास्थ्य अधिकार संरक्षणमा टेवा पु¥याउने भन्ने विषयमा आयोगले निर्णय लिनेछ । हुन त यसअघि पनि आयोगले देशभरका वृद्धमश्रम र ज्येष्ठ नागरिक हेरचाह केन्द्रको अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ । त्यसपछिको छलफलको क्रममा विशेषज्ञहरुले बुढ्यौली रोगको बारेमा आयोगले प्राथमकिताका साथ काम गर्नुपर्ने सुझाव आइसकेको छ । आयोगका निमित्त सचिव डा. पोखरेलले नवगठित विज्ञ समूहले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अधिकारको लागि नीति र कार्यविधि बनाउने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।