सरकारले दुई तिहाइको दम्भ देखायो : दोलखा कांग्रेस

 शम्भु गौतम     २१ माघ २०७५, सोमबार

दोलखा, माघ २१

नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुसार दोलखा सदरमुकाम चरिकोटमा पनि विरोध प्रदर्शन गरेको छ ।
जिल्लाभरबाट आएका कांग्रेस कार्यकर्ता तथा समर्थकहरुले कांग्रेसको झण्डा र व्यानर सहित ¥यालीमा सहभागी हुँदै सरकार विरोधी नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाको आयोजनामा भएको विरोध प्रदर्शन सहितको ¥याली सातदोबाटो चोकबाट टुँडिखेल, बसपार्क हुँदै पुनः सातदोबाटो चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति रुद्र बहादुर खड्काले कम्युनिस्टहरूहरुको अधिनायकवादी चरित्रले देशमा माफियातन्त्र, भ्रष्टचारी र बलत्कारीहरु सलबलाएको बताए । उनले कम्युनिस्टहरूले चिल्ला कुरा गरेर जनतालाई फसाएको आरोप लगाउँदै नेपालका कम्युनिस्टहरुको चरित्र अधिनायकवादी भन्दा पनि ठग, लुट, भ्रष्ट, हत्या र दण्डहीनता तर्फ उन्मुख भएको जिकिर गरे । ‘यही पाराले कम्युनिस्टले देश चलाउने हो भने देश गघरबीको दलदलमा फस्छ ।’ उनले भने, ‘छुद्र बोली र व्यवहारले अन्तराष्ट्रिय सम्बन्ध समेत ध्वस्त बनाएको छ ।’ उनले प्रश्न गरे, ‘अब विदेशीले के आधारमा सहयोग गर्छ ? देशमा अन्तर्र्रािष्ट्रय लगानी कसरी भित्रिन्छ ?’ दुई तिहाइको दम्भले प्रतिपक्ष र जनतामा मनपरितन्त्र लादेर दुःख दिने बाहेक यो सरकारको अरुमा प्रगति नभएको सभापति खड्काको जिकिर थियो ।
कार्यक्रममा पुर्व सभापति उद्धवराज काफ्ले, ताराबहादुर कोइराला, नेताहरु बर्मा लामा, ईश्वर मानन्धर, केशवराज चौलागाईं, विगू गाउँपालिकाका प्रमुख युधिष्ठिर गड्का, नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, नेतृ विनिता अधिकारी, जिल्ला पार्टी सचिव सन्तोष रिमाल, तरुण दल अध्यक्ष दाव साङ्गे शेर्पा, नेविसंघ सभापति भीम खड्का लगायतले वर्तमान कम्युनिस्ट सरकारको चर्को विरोध गरेका थिए । उनीहरुले सरकारको अधिनायकवादी व्यवहार, महंगी, भ्रष्टाचार, हत्या, हिंसा, बलत्कार, असुरक्षा, कर वृद्धि, विकास निर्माण कार्य प्रतिको उदासीनता तथा मेडिकल माफियाहरुको पक्षपोषणका कदमहरु विरुद्ध आलोचना गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।