गाउँपालिका महासँघ ३ नम्बर प्रदेश कमिटीको अध्यक्षमा पोखरेल

 राजन शिवाकोटी     ७ फाल्गुन २०७५, मंगलवार

दोलखा, फागुन ७, २०७५
गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटीको अध्यक्षमा तामाकोशी गाउँपालिका दोलखाका अध्यक्ष ईस्वरचन्द्र पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।
तामाकोशी गाउँपालिकाको किर्नेटारमा सम्पन्न भएको बन्दशत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा निर्विरोध चयन गरेको हो । त्यसैगरी अधिवेशनले रामेछापको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेललाई सह–सचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडालाई कोषाध्यक्षमा सर्वसम्मच चयन गरेको छ ।
त्यसैगरी अधिवेसनले प्रदेश कमिटीको सदस्यहरुमा रामेछापको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवार, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुर महाँकाल गाउँपालिका उपाध्यक्ष कमला तामाङ र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार चयन भएका छन् । रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नुवाकोटको तारकेस्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल, रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की, सिन्धुलीे तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा, सिन्धुलीको हरिहरपुर गणी गाउँपालिकाका उपाध्यक्ष अनिता राई, नुवाकोटको दुप्चेस्वर गाउँपालिकाका अध्यक्ष युविन्द्र सिंह तामाङ, नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा र धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी र दोलखाको तामाकोशी गाउँपालिका वडा नं. १ भिरकोटका अध्यक्ष महेस्वर काफ्ले प्रदेश कमिटीको सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
हिजोवाट तामाकोसी गाउँपालिकाको किर्नेटारमा सुरु भएको अधिवेसनमा ३ नम्बर प्रदेशका १३ वटा जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।