हिन्दु राष्ट्रको माग गर्दै प्रजातन्त्र दिवसमा राप्रपाको प्रदर्शन

 राजन शिवाकोटी     ७ फाल्गुन २०७५, मंगलवार

काठमाडौं फागुन ७, २०७५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।
६९ औं प्रजातन्त्र दिवसको अवसरमा राप्रपाले नयाँ वानेश्वर चोकमा भेलाभई माइतिघर मण्डलासम्म जुलुस सहित प्रदर्शन गरेको थियो ।
प्रदर्सनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, संघीयता खारेज हुनुपर्ने तथा राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न माग गरेको थियो ।
कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तमाङ, उपाध्यक्ष टंक ढकाल, पार्टीका महामन्त्रि भास्कर भद्रा, संघिय सांसद राजेन्द्र लिङदेन लगाएतको सहभागिता रहेको थियो । थापाले विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर २२ बुँदे मागपत्र बुझाउँदै २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानबिन गर्न समेत माग गरेका थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।