नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकतासम्बन्धी विवादित विषय अझै टुंगो लागेन, बादलले मागे एक हप्ता

 राजन शिवाकोटी     ९ फाल्गुन २०७५, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकतासम्बन्धी विवादास्पद विषयलाई अझै टुंगोमा पुर्‍याउन सकेको छैन।

कार्यदलले सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्न ढिलाइ गरेपछि एकतासम्बन्धी विषयहरू नसुल्टिएको हो।

बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा कार्यदलका संयोजक राम बहादुर थापा‘बादल’ले अहिलेसम्म कार्यदलले गरेको कामको प्रतिवेदन बुझाउँदै सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि एक साता समय थप गर्न प्रस्ताव गरेका थिए।

बैठकमा संयोजक थापासहित कार्यदलका सबै सदस्यले बाँकी काम सम्पन्न गर्नका लागि केही समय आवश्यक पर्ने भन्दै समय थप्न सचिवालयसँग माग गरेको कार्यदल सदस्य योगेश भट्टराईले जानकारी दिए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा कार्यदलको प्रतिवेदनसँगै सबै सदस्यहरूबीच छलफल भए पनि कार्यदललाई म्याद थप गर्ने निर्णय भइनसककेकाले भोलि पुन: बैठक बस्ने जानकारी दिए।

गृहमन्त्री समेत रहेका थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य छन् ।

साभारः सेतोपाटीबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।