अनाथहरुलाई खाद्यान्न वितरण

 शम्भु गौतम     १९ फाल्गुन २०७५, आईतवार

दोलखा, फागुन १९

महाशिवरात्री तथा सेना दिवसलाई साताव्यापी रुपमा मनाउने क्रममा आज नेपाली सेनाको रणभीम गणले सदरमुकामस्थित गौरीशंकर बालगृहका अनाथहरुलाई खाद्यान्न वितरण गरेको छ ।
गणले बालगृहका बालबालिकाहरुलाई खाद्यसामग्री वितरणका साथै बालगृह परिसरमा सरसफाइ समेत गरेको छ ।
आइतबार बिहान बालगृह पुगेका नेपाली सेनाले बालगृह सरसफाइ गरेका थिए भने गणपति प्रमुख सेनानी विदुर अधिकारीले दाल, चामल, मिठाइ लगायका खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण गरेका हुन् ।
साताव्यापी कार्यक्रम गर्दै आएका रणभीम गण दोलखाले शुक्रबार चरिकोटस्थित पशुपति मन्दिरको सरसफाइ गरेका थियो । शनिबार चरिकोट बजार सरसफाइ गरेका थिए भने भोलि सोमबार महाशिवरात्रीको दिन नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान कार्यक्रम रहेको प्रमुख सेनानी अधिकारीले जानकारी दिए ।
त्यसैगरी २२ गते कोटीहोम यज्ञ स्थल, २३ गते महांकाल भगवती मन्दिर परिसर र २५ गते कालिञ्चोक भगवती मन्दिर परिसर सरसफाइ गरेर साताव्यापी कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको रणभीम गण दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।