मेयरकप क्रिकेटको फाइनलमा कालिन्चोक र अल्पाइन भिड्ने

 शम्भु गौतम     १९ फाल्गुन २०७५, आईतवार

दोलखा, फागुन १९

भीमेश्वर नगरपालिकाद्वारा आयोजित भीमेश्वर मेयरकप क्रिकेट प्रतियोगिताको फाइनलमा कालिन्चोक मावि र अल्पाइन पब्लिक स्कुल भिड्ने भएका छन् ।
आज भएको पहिलो सेमीफाइनल खेलमा कालिन्चोक मावि दोस्रो सेमीफाइनल खेलमा अल्पाइन पब्लिक स्कुल विजयी भएपछि उनीहरुबिच फाइनल प्रतिस्पर्धा हुने धएको हो ।
आज भएको पहिलो सेमीफाइनल खेलमा राइजिङ स्टार स्कुललाई ६ रनले पराजित गर्दै कालिन्चोक मावि फाइनलमा पुगेको हो । टस जितेर व्याटिङ रोजेको कालिन्चोक माविले राइजिङ स्टार स्कुललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कालिन्चोकले १८ ओभरमा सबै विकेट गुमाउँदै १३१ रनको चुनौती दिएको थियो । जवावी व्याटिङमा उत्रिएको राइजिङ स्टार स्कुलले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १२४ रनमा समेटियो ।
त्यसैगरी आजै भएको दोस्रो सेमीफाइनल खेलमा अल्पाइन पब्लिक स्कुलले आँकुरा बोर्डिङ स्कुललाई पराजित गरेको हो । टस हारेर व्याटिङ गर्न पाएको आँकुरा बोर्डिङ स्कुल निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०३ रन मात्रै जोड्न सफल भयो । जवावी व्याटिङ गर्दै अल्पाइन पब्लिक स्कुलले ११ दशमलव ३ ओभर र ६ विकेटको क्षतिमा लक्ष्य पूरा प¥यो ।
दोलखामा पहिलोपटक भएको मेयरकप क्रिकेट प्रतियोगिताको फाइनल खेल पर्सी मंगलवार हुने सहआयोजक दोलखा क्रिकेट संघका अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।