सेना दिवसको अवसरमा रक्तदान

 शम्भु गौतम     २० फाल्गुन २०७५, सोमबार

दोलखा, फागुन २०

महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाको रणभीम गणले नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन छ ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी दोलखासँगको समन्वयमा रणभीम गणका अधिकृत, पदिक तथा सकल दर्जाका १० जनाले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रमको शुभारम्भ रणभीम गण चरिकोटका गणपति प्रमुख सेनानी विदुर अधिकारीले रक्तदानका साथ गरेका हुन् । ’हामीले ब्लड बैंकको क्षमता अनुसार रक्तदान गरेका छौँ,’ गणपति अधिकारीले भने, ‘सेना दिवसको अवसरमा मात्रै नभई चाहिएको बेला नेपाली सेनाले अस्पतालमै पुगेर पनि रगत गर्ने गरेका छौँ र गर्छैँ पनि ।’
सेना दिवसको अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको रणभीम गण चरिकोटले आगामी २२ गते कोटीहोम यज्ञस्थल सरसफाइ, २३ गते महांकाल भगवती मन्दिर परिसर सरसफाइ र २५ गते कालिञ्चोक भगवती मन्दिर परिसर सरसफाइ गरेर साताव्यापी कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको रणभीम गण दोलखाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।