करेन्ट लागेर एकको मृत्यु

 शम्भु गौतम     २७ फाल्गुन २०७५, सोमबार

दोलखा, फागुन २७

दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका ३ का २९ वर्षीय मदन थामीको आफ्नै घरमा विजुलीको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार हिजो मध्यरात आफ्नै घरको फ्रिजको तारबाट करेन्ट लागेर थामी गम्भीर घाइते भएका थिए । सिँगटी बजारका दलबहादुर थामीका छोरा निज मदनलाई उपचारको लागि चरिकोट लग्दैगर्दा उनको मृत्यु भएको दोलखा प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।