प्याब्सनको राष्ट्रिय महाधिवेशन : अध्यक्षमा ढुंगाना र पुरीको उमेदवारी

 शम्भु गौतम     २७ फाल्गुन २०७५, सोमबार

काठमाडौँ, फागुन २७

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल – (प्याब्सन)को १४ औं राष्ट्रिय महाधिवेशनमा डि.के.ढुंगाना र टीकाराम पुरीले अध्यक्षको उमेदवारी दर्ता गराएका छन् ।
मंगलबार हुने महाधिवेशनका लागि दुई पटक महासचिव र पछिल्लो समय बरिष्ठ उपाध्यक्ष रहेका डिके ढुंगाना र यसअघि बरिष्ठ उपाध्यक्ष र अध्यक्षमा पराजित भएका टीकाराम पुरी विच प्रतिस्पर्धा हुने भएको हो ।
अध्यक्षका प्रत्यासी ढुंगाना प्याब्सनमा लोकप्रिय मानिन्छन् । निजी विद्यालयमा भएको अर्बौ रुपयाँको लगानीको संरक्षण र प्याब्सनलाई व्यवसायिक संगठन बनाउने , निजी क्षेत्रमा प्राविधिक विषयको पठनपाठन गराउन कानून मार्फत संवोधन गराउने लगायतका १४ वटा प्रतिवद्धता ढुंगानाले जनाएका छन् ।
लायन्स क्लब इन्टरनेशनलको नेतृत्व गरिसकेका ढुंगानाले सामाजिक क्षेत्रमा अन्तराष्ट्रिय व्यक्तित्व बनाइसकेका छन् । मोटिभेसनल स्पिकरको रुपमा समेत प्रसिद्ध ढुंगाना ललितपुरका बासिन्दा हुन् ।
अर्का प्रत्यासी पुरी विराटनगरका बासिन्दा हुन् । उनले कम्पनीमा संचालित विद्यालयहरु कम्पनी अन्तर्गतनै चलाउन पाउने व्यवस्था गराउने प्रतिवद्धता जनाएका छन् ।
महाधिवेशनको उदघाटन सभामुख कृष्णबहादुर महराले गर्ने जानकारी प्याव्सनले दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।