सशस्त्र प्रहरीमा खुल्यो जागिर, चरिकोटबाट पनि आवेदन दिन सकिने

 शम्भु गौतम     २८ फाल्गुन २०७५, मंगलवार

दोलखा, फागुन २८

सशस्त्र प्रहरी बलमा ठुलो संख्यामा सशस्त्र प्रहरी जवानहरूका लागि भर्ना खुलेको छ । इच्छुकहरुले सशस्त्र प्रहरी बल, चरिकोट गुल्मबाट पनि आवेदन दिन सक्नेछन् ।
सशस्त्र प्रहरी बलमा रिक्त रहेको साधारण समूहतर्फ साधारण समूह र साधारण उपसमूहतर्फ गरी ३ हजार २ सय ९७ जवानका लागि भर्ना खुलेको हो ।
१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका देशभरका युवाहरूले आवेदन दिन सकिने सशस्त्र प्रहरी वलका प्रधान कार्यलय मानव स्रोत विभाग हलचोकले जानकारी दिएको छ ।
इच्छुकहरुले २०७५ साल फागुन २४ गतेदेखि २०७५ साल चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवेदन फारम भरेर चरिकोट स्थित सशस्त्र परहरी गुल्मको कार्यलयमा बुझाउने व्यवस्था गरिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक किरण कुमार कठायतले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।