उपमेयर कप महिला भलिबलको उपाधि कालिञ्चोकलाई

 शम्भु गौतम     २९ फाल्गुन २०७५, बुधबार

दोलखा, फागुन २९

भीमेश्वर नगरपालिको आयोजनामा भएको पालिकास्तरीय प्रथम भीमेश्वर उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक गाउँपालिकाले हात पारेको छ ।
आज भएको फाइनल खेलमा जिरी नगरपालिकालाई ३–१ को सेटमा हराउँदै जित हासिल गरेको हो । कालिञ्चोकले जिरीलाई २७–२५, १६–२५, २५–२२, २५–२१ को सेटमा हराएको हो ।
त्यसैगरी तेस्रो स्थानको लागि आजै भएको खेलमा भीमेश्वर नगरपालिका एले भीमेश्वर नगरपालिका बी लाई पराजित गरेको छ । सो खेलमा भीमेश्वर ए ले २५–११, २५–१९, २५–२१ को सेटमा जित निकाल्दै तृतीय स्थान प्राप्त गरेको हो ।
प्रथम, द्वितीय र तृतीय टिमलाई जिरी नगरपालिकाका मेयर, टंक जिरेल र भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले सिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका छन् । पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार पाएका छन् ।
भीमेश्वर नगरपालिकाको अयोजना र ग्रिन नेपालले सहआयोजन गरेको प्रतियोगितामा गौरीशंकर गाउँपालिका , कालिञ्चोक गाउँपालिका, जिरी नगरपालिका र भीमेश्वर नगरपालिकाको गरी ६ वटा टिमको सहभागिता थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।