श्रीमती सिता दाहालकाे उपचार गराउन प्रचण्ड अमेरिका जाँदै

 रचना सुवेदी     ३ चैत्र २०७५, आईतवार

चैत्र ३, काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”  काे श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका जाने भएका छन् ।  दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार  आइतबार साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन ।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनकाे गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।