मूलपानी क्रिकेट मैदान २ वर्षमा तयार हुन्छ : खेलकुदमन्त्री विश्वकर्मा

 रचना सुवेदी     ३ चैत्र २०७५, आईतवार

३ चैत, काठमाडौं  – युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्य अघि बढाइएको ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ को निर्माण २ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अघि बढाइएको पनि बताए ।

त्यसैगरी सरकारले सबै स्थानीय तहमा एक/एक वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माणका लागि स्थानीत तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको पनि दावी गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।