काठमाडौंमा बर्डफ्लु : सवा लाख कुखुरा नष्ट

 अावाज स‌‌वाददाता     ५ चैत्र २०७५, मंगलवार

चैत्र ५, काठमाडौं – काठमाडौं, मकवानपुर, पोखरा तिन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ । बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मर्न थालेका छन् । कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच ५ एन १ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा.जयप्रकाशराय यादवले बताए । दुई जिल्लामा एक लाख २३ हजार एक सय ३४ कुखुरा नष्ट गरेको विभागले जनाएको छ । बर्डफ्लू भेटिएका ठाउँमा कुखुरा नष्ट गरेर गाड्ने काम जारी रहेको छ ।

संक्रमण फैलिएपछि किसानलाई करोडौं रुपैयाँको क्षति पुगेको छ । संक्रमण देखिएको र त्यसलाई फैलिन नदिनका लागि सुरक्षात्मक उपाय अपनाएको पशु सेवा विभागले जनाएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरले बर्डफ्लू भाइरस भएको पुष्टि गरेपछि कुखुरा नष्ट गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।