निर्मला पन्त हत्या प्रकरण : तत्कालीन एसपी विष्ट अदालत हाजिर

 अावाज स‌‌वाददाता     ५ चैत्र २०७५, मंगलवार

चैत्र ५, काठमाडौं – निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् ।

यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । विष्टमाथि निर्मला पन्तको हत्या भएको अवस्थामा शव फेलापरेपछि प्रमाण नष्ट गरेको अभियोग छ । उनीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी र दिलिप सिंह विष्टका दाई खडक सिहं विष्टले प्रहरी मार्फत मुद्दा दायर गरेका थिए । विष्टले अदालतले पक्राउ पुर्जी जारी गरेको सुनेपछि आफू सोमबार अदालतमा प्रमाणसहित हाजिर भएको प्रतिक्रिया दिए ।

सरकारले प्र विष्ट र इन्सपेक्टर भट्टलाई सेवाबाट बर्खास्त गरेको थियो भने अन्य ६ जना निलम्बनमा छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।