तनहुँबाट विप्लवका ३ जना कार्यकर्ता पक्राउ

 अावाज स‌‌वाददाता     १२ चैत्र २०७५, मंगलवार

१२ चैत, काठमाडौं – तनहुँमा नेत्रविक्रम चन्द विप्लव समूहका ३ जना कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका नेता तथा कार्यकताहरूलाई प्रहरीले केही दिनदेखि निगरानी बढाएको थियो ।

पक्राउ पर्नेमा व्यास नगरपालिका – ६ शिसाघाटका अखिल क्रान्तिकारी लमजुङका अध्यक्ष सुनील कुमाल, व्यास नगरपालिका – १४ केशवटारका दलित मोर्चा तनहुँका अध्यक्ष भेषबहादुर सुनार र जुम्लाका जिल्ला सदस्य अमर बुढा रहेका छन् ।

पक्राउ परेकाहरूबाट चन्दा रसिद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनाविरुद्ध नै मंगलबार जिल्ला अदालत तनहुँबाट राज्यद्रोहको मुद्दा दर्ता गरी म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।