कांग्रेस नेता सिटौला मंगलबार अस्पतालबाट डिस्चार्ज

 अावाज स‌‌वाददाता     १२ चैत्र २०७५, मंगलवार

१२ चैत, काठमाडौं – नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला गत शुक्रबार अकस्मात बिरामी भएर धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसीयुमा राखेर उपचार गराएपछि स्वास्थ्यमा सुधार भएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सिट‍ाैलाको शरीरमा रगतको मात्रा कम भएकाले रगत दिइएको थियो । बिहान अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिए । अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।