बारा र पर्सामा हावाहुरीले २७ ले ज्यान गुमाए, ४०० बढी घाईते सहयोगमा जुट््न प्रधानमन्त्रीको आग्रह

 राजन शिवाकोटी     १८ चैत्र २०७५, सोमबार

२०७५ चैत १७
आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ भने ४०० भन्दा बढी घाइते छन्् ।
हावाहुरीले २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले मृतकहरुको पहिचान भैनसकेको जनाईएको छ ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन्् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । भने घाइतेको संख्या अझै बढ््ने छ । तथापी हाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी तथा स्थानीयवासीहरु खटिइरहेका छन्् ।
त्यसैगरी पर्सामा ४ जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जनाएका छन्् । यहाँ पनि कैयौं घाइते भएका छन्् । हावाहुरीले इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड््दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको जनाईएको छ ।
हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । राति करीब ८ बजेतिर वर्षासँगै चलेको हावाहुरीका कारण विद्युतको पोल ढलेको थियो । यसले धेरै मानवीय क्षति गराएको छ ।
कतिपय स्थानमा अझै पनि उद्धार जारी छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।
हावाहुरीको प्रभाव भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका स्थानमा देखिएको जनाईएको छ ।
घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ ।
स्थानीयका अनुसार मृतकको संख्या बढ््न सक्ने अनुमान छ । इँटा भट्टा, पर्खाल भत्किएर मानिस पुरिएको आशंका गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सवैलाई सहयोग तथा उद्दारमा जुट््न आग्रह गर्दै घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।