हुरीमा घाइते भएका १ बालककाे मृत्यु

 अावाज स‌‌वाददाता     १९ चैत्र २०७५, मंगलवार

१९ चैत , काठमाडाै – हुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका – ६ पुरैनियाका फिराेज अन्सारीका ५ वर्षीय छोरा फैयाज आलमको उपचारको क्रममा मृत्यु भएकाे छ ।

वीरगन्जको नेशनल मेडिकल कलेजको आइसीयुमा उपचारका क्रममा मंगलबार आलमकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ भने ४ सयभन्दा बढी घाइते छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।