सर्वोच्च अदालतको न्यायाधीशका लागि ५ जनाको नाम सिफारिस

 अावाज स‌‌वाददाता     १९ चैत्र २०७५, मंगलवार

१९ चैत , काठमाडाै – सर्वोच्च अदालतका न्यायाधीशका लागि न्याय परिषद्ले ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएको नाममा प्रकाश ढुंगाना, सुक्ष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् ।

सिफारिस हुनेहरूमध्ये सर्वोच्चमा उच्च अदालत पाटनका मुख्यन्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्यन्यायाधीश सुष्मालता माथेमा छन् भने वकिलबाट बरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा रहेका परिषद्का सूचना अधिकृत टेकनाथ गौतमले जानकारी दिए । सिफारिस भएकाहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि न्यायाधीश बन्नेछन् । त्यस्तै आजकै बैठकले १८ जनालाई विभिन्न उच्च अदालतमा पदस्थापन सहित नियुक्त गरेकाे छ ।

सिफारिश पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै पद तथा गोपनियताको सपथ लिने छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।