कांग्रेस सभापति देउवा हुरिबाट घाइते भएकालाइ भेट्न अस्पतालमा

 अावाज स‌‌वाददाता     १९ चैत्र २०७५, मंगलवार

१९ चैत , काठमाडाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरीका कारण बारा र पर्साका घाईते भएकाहरुलाई मंगलबार बिहानै वीरगंजको नारायणी अंचल अस्पतालमा पुगेर भेट गरेका छन ।

देउवाले घाइतेहरुको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने देखिएको बताए । त्यसको प्रवन्ध गर्न आफूले सरकारसँग आग्रह गर्नेसमेत बताएका छन् ।

असिनापानीसँगै आइतबार साँझ आएको शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २८ पुगेको छ भने ४ सयभन्दा बढी घाइते छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।