परिक्षामा पास गराइदिने भन्दै छात्रामाथि याैन दुर्व्यवहार

 अावाज स‌‌वाददाता     २० चैत्र २०७५, बुधबार

२० चैत , काठमाडाै – पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरी शम्भुनाथ घर भएका शिक्षक उपेन्द्र चौधरीले मंगलबार कक्षा ८ मा अध्ययनरत किशोरीमाथि परीक्षामा प्रथम बनाइदिने प्रलोभन पारेर यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनले बालिका घरमा एक्लै भएको मौका छोपेर किशोरीमाथि जबर्जस्ती गर्न खोजेको पीडितले बयान दिएकी छन् । किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि मंगलबार शिक्षक चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरी विज्ञान विषयका शिक्षक भएका बताइएकाे छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।