सिरहामा एड्स राेगका कारण २४ जनाको मृत्यु

 अावाज स‌‌वाददाता     २० चैत्र २०७५, बुधबार

२० चैत , काठमाडाै – सिरहामा एचआइभी एड्सका कारण २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जानकारी दिएका छन ।

लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १ सय ६३ को उपचार भइरहेको स्वास्थ्य उनले जानकारी दिए । यस वर्षमात्रै २० नयाँ एचआइभी सङ्क्रमित फेला परेको बताउँदै उनले सामाजिक हेला र भेद्भावका कारण सङ्क्रमितले उपचार सेवा लिन छाडेको बताए ।

वैदेशिक रोजगार, नशालु पदार्थ प्रयोगकर्ता, यौनकर्मी, समलिङ्गीबाट एचआइभी सर्ने गरेको कर्णको भनाइ थियो। एचआइभी एड्ससम्बन्धी उपचारको लागि लहान अस्पतालमा मात्रै व्यवस्था छ । रासस

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।