बारको अध्यक्षमा प्रगतिशीलका चण्डेश्वर श्रेष्ठ र महासचिबमा लोकतान्त्रिकका लीलामणि पौडेल विजयी

 राजन शिवाकोटी     २१ चैत्र २०७५, बिहीबार

काठमाडौं, २१ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस निटक सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरी विजय भए भने पोखरेलले ३ हजार २७ मत पाएका थिए ।
यसैगरी बार एशोसिएशनको महासचिव पदमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । पौडेलले ३ हजार २ सय ७ मत ल्याएर विजयी भए भने प्रगतिशील समूहका सुरेन्द्र थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन्।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।