बन्यजन्तुको अवैध व्यापार रोक्न सशस्त्रलाई अभिमुखीकरण

 शम्भु गौतम     २४ चैत्र २०७५, आईतवार

दोलखा, चैत्र २४ 

बन्यजन्तु चोरी शिकारी तथा तिनका अङ्गको अवैध व्यापार नियन्त्रण गर्ने उद्देयका साथ दोलखाको विगु गाउँपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विगू १ स्थित माथिल्लो तामाकोसी जलबिद्युत आयोजना सुरक्षा वेस लामाबगरमा कार्यरत ४० जना सशस्त्र प्रहरीलाई अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा संरक्षित वन्यजन्तुको वारेमा जानकारी, शिकार तथा तस्करी रोक्न प्रयोग गरिने सम्भावित उपाय, जनतामा जनचेतना जगाउने कार्यक्रमको तरिका र कानुनी प्रवधान लगायतका विषयमा तालिम दिइएको तामाकोसी जलविद्युत आयोजना सुरक्षा वेश प्रमुख सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए ।
कार्यक्रममा डब्लूडब्लूएफका प्रतिनिधिहरु पुष्प पाण्डे, दिलिप सुवेदी, गौरीशंकर संरक्षण क्षेत्रका प्रतिनिधि अमृत शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रतिनिधि जयहरि धिताल र सशस्त्र प्रहरी बल, चरिकोट गुल्मपति प्रहरी नायव उपरीक्षक किरण कुमार कठायतले प्रशिक्षण दिएका थिए ।
गौरीशंकर संरक्षण क्षेत्रमा हुन सक्ने बन्यजन्तु अपराधलाई नियन्त्रण गर्न राखिएको अभिमुखीकरण कार्यक्रम केन्द्रीय स्तरको वन्यजन्तु अपराध नियन्त्रण इकाइको सचिवालय र डब्लुडब्लूएफको सहयोगमा भएको लामाबगर सुरक्ष वेस प्रमुख सशस्त्र प्रहरी निरीक्षक शेर्पाले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।