सशस्त्र प्रहरीव्दारा सालकको ४ केजी खपटा बरामद

 शम्भु गौतम     २६ चैत्र २०७५, मंगलवार

दोलखा, चैत २६

सशस्त्र प्रहरी बल, दोलखाले कालिन्चोक गाउँपालिका २ पृथ्वीटोलबाट सालकको ४ केजी खपटा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, चरिकोट गुल्मको माथिल्लो तामाकोशी सुरक्षा वेश क्याम्प, लामाबगरले हिजो उक्त परिमाणको सालकको खपटा बरामद गरिएको चरिकोट गुल्मले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।
विज्ञप्तिमा उक्त सालकको खपटा बरामद गर्ने क्रममा संलग्न व्यक्तिहरु फरार भएका उल्लेख गरिएको छ ।
बरामद गरिएको खपटा डिभिजन बन कार्यालय दोलखामा बुझाइएको सशस्त्र प्रहरी बल, चरिकोट गुल्मले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।