भीमेश्वर वितरकको अध्यक्षमा उप्रेती

 शम्भु गौतम     १४ बैशाख २०७६, शनिबार

दोलखा, बैशाख १४

भीमेश्वर वितरक संघको तेस्रो अधिवेशनले सुरेन्द्र उप्रेतीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।
अधिवेशनले कार्यसमितिको प्रथम उपाध्यक्ष ढालबहादुर बस्नेत, द्वितीय उपाध्यक्ष शंकर कार्की, महासचिव राजकुमार खड्का, सचिव रामशरण बस्नेत र कोषाध्यक्षमा कमल चौहानलाई चयन गरेको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा राधाकृष्ण कार्की, डम्बरबहादुर श्रेष्ठ र प्रकाश बस्नेत चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष सुरेन्द्र उप्रेतीले वितरकहरुलाई व्यवसायिक रुपमा संगठित गर्दै उपभोक्ताहरुको हितमा संघले काम गर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।