असहाय बालबालिकालाई व्यवसायीको सहयोग

 शम्भु गौतम     २१ बैशाख २०७६, शनिबार

दोलखा, बैशाख २१

दोलखा चरिकोटका व्यवसायी तथा समाजसेवी सनत थापाले गौरीशंकर बालगृहका असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यवस्तु सहयोग गरेका छन् ।
चरिकोट सातदोबाटोमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दैआएका थापाले गौरीशंकर बालगृहका असहाग बालबालिकाहरुलाई आवश्यक स्कुले झोला, मिठाई तथा फलफूल प्रदान गरेका हुन् । उनले आज करिब २५ हजार रुपैयाँ बराबरको सामग्री बालबालिकाहरुलाई वितरण गरेका छन् ।
व्यवसायी तथा समाजसेवी थापाले यसअघि पनि आफूले बालबालिकाहरुलाई आवश्यक भएका कुराहरु दिने गरेको बताए । अनाथालयका प्रमुख सुरज विष्टले पनि समाजसेवी थापाले वर्षेनि बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा खाद्य सामग्री ल्याइदिने गरेको बताए ।
बालगृहमा अहिले २९ जना बालबालिकाहरु रहेको प्रमुख सुरज विष्टले जानकारी दिए । अनाथालय नेपाल बाल संगठनको बजेट चल्ने गरेको उनले बताए । मासिक खर्च अढाइ लाख रहेको पनि उनले बताए । कहिलेकाहीँ दाताहरुले सहयोग गर्नेगरेको उनको भनाइ छ ।
अहिले त्यहाँ रहेका बालबालिकाहरु सदरमुकामका विभिन्न संस्थागत विद्यालयहरुमा अध्ययन गरीरहेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।