मलामी जाँदा तामाकोशीले बगाएर मृत्यु

 शम्भु गौतम     २५ बैशाख २०७६, बुधबार

दोलखा, बैशाख २५

आफ्नो गाउँको मान्छेको मृत्यु भएपछि मलामी गएका दोलखा तामाकोशी गाउँपालिका ४ का शेरबहादुर खड्काको खोलाले बगाएर मृत्यु भएको छ ।
हिजो तामाकोशी ४ मालुका ७५ वर्षीय पृथ्वीबहादुर भण्डारीको कालगतीले मुत्यु भएपछि उनको मलामी गएका सोही गाउँका ५५ वर्षीय शेरबहादुर खड्काको तामाकोशीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
हिजो बेलुका करिब ६ बजे दाहसस्कार सकी चिता पखाल्ने बेला चिप्लिएर खोलामा खसेका खड्का बेपत्ता भएका थिए । आज दिउँसो स्थानीय र प्रहरीको सक्रियतामा मन्थली नगरपालिका १३ देवीटार बगरमा उनको शव भेटिएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।