मिडिया काउन्सिल विधेयक विरुद्ध दोलखाबाट पनि ज्ञापनपत्र

 शम्भु गौतम     ३१ बैशाख २०७६, मंगलवार

दोलखा, बैशाख ३१

संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै देशभर नेपाल प्रेस युनियन आन्दोलनमा उत्रिएको छ । यही क्रममा दोलखा जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल प्रेस युनियन दोलखा जिल्ला शाखाका अध्यक्ष दीपशंकर चौलागाईँले संघीय संसद्का सभामुखलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालमार्फत ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले तत्कालै सभामुखलाई सम्प्रेषण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संचारमन्त्री बास्कोटाले संसदमा दर्ता गरेको विधेयकले प्रेसलाई स्वतन्त्र भएर काम गर्न दिँदैन । समाचार लेखेकै निहुँमा पत्रकारले १० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।
संचारमन्त्रीले चाहे भने पत्र लेखेर संसदबाट बिधेयक फिर्ता लिन सक्छन् । सञ्चारमन्त्री बास्कोटाले संसदमा पेस गरेको मिडिया काउन्सिल विधेयकले भने प्रेसलाई अझ बढी नियन्त्रण गर्न खोजिरहेको भन्दै चर्को विरोध भइरहेको छ ।
यसैबीच संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल प्रेस युनियन देशब्यापी आन्दोलनमा उत्रिएको छ । मंगलबार युनियनले ७७ वटै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीमार्फत सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै छ ।
त्यसैगरी सञ्चारमन्त्रीले संसद्मा पेश गरेको विधेयक विरुद्ध नेपाल पत्रकार महासंघ पनि आन्दोलित भएको छ । महासंघले चरणवद्ध आन्दोलनको घोषणा समेत गरेको छ ।

dav

dav

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।