दोलखा खुला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

 शम्भु गौतम     ४ जेष्ठ २०७६, शनिबार

दोलखा, जेठ ३

क्रिकेट संघ, दोलखाले जिल्ला पहिलोपटक आयोजना गरेको खुला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
यही जेठ १३ गतेदेखि सुरु हुने प्रतियोगितामा दोलखा जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् । उद्घाटन खेल न्यू जेनेरेसन विकास युथ क्लब र त्रिपुरा ग्लोरियस एकेडेमीबिच हुने तय भएको छ ।
लिग चरणमा ६ टिमलाई मात्रै खेलाउने कार्यक्रम रहे पनि ९ टिमको सहभागिता भएपछि प्रतियोगिता नकआउट चराणमा खेलाउने तय भएको क्रिकेट संघ दोलखाका अध्यक्ष सन्तोष पोखरेलले बताए । प्रतियोगिता चरिकोट टुँडिखेलमा २० ओभरमा खेलाइनेछ । प्रतियोगिताको फाइनल खेल जेठ १७ गते विहान १० बजे हुनेछ ।
प्रतियोगितामा विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यसैगरी उप विजेता टिमले २५ हजार ५ सय २५ रुपैयाँ मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यसका साथै प्रतियोगितामा म्यान अफ दी सिरिज, म्यान अफ दी म्याच, वेष्ट बलर, वेष्ट व्याट्सम्यान, वेष्ट विकेटकिपर, वेष्ट व्याच अफ टुर्नामेन्ट, वेष्ट क्याप्टेनसिपको उपाधि समेत प्रदान गरिने छ । यीमध्ये म्यान अफ दी सिरिजको पुरस्कार होटल पावन, म्यान अफ दी म्याचको पुरस्कार अवार्ड प्वाइन्ट, वेष्ट बलरको पुरस्कार युगल भेराइटीले स्पोन्सर गर्ने भएका छन् ।
प्रतियोसगतामा कालिनाग युथ क्लब, सुनखानी, न्यु जेनेरेसन बिकास युथ क्लब, बिगु, सहयोगी हातहरु, भीनपा ६, त्रीपुरा ग्लोरियस एकेडेमी, भीनपा ६, दोलखा बजार युथ क्लब, भीनपा २, दोलखा फीटनेस सेन्टर, भीनपा ३, कलिन्चोक मावि, चरिकोट, जिलु युथ क्लब, भीनपा ४, चरिकोट युवा क्लबको टिम दर्ता गराएका छन् ।

खेल तालिका यसप्रकार छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।