महासंघकोे भवनलाई दोलखाको पुरानो सहकारीको सहयोग

 शम्भु गौतम     ४ जेष्ठ २०७६, शनिबार

दोलखा, जेठ ३

दोलखाको सबैभन्दा पुरानो कालिञ्चोक सहकारीले नेपाल पत्रकार महासंघको आधुनिक भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
आज सो सहकारीले आफ्नो ४२ औं स्थापना दिवसको अवसरमा महासंघको भवन निर्माणको लागि दश हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीका अध्यक्ष राजेश उप्रेतीले आज पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । महासंघको भवन निर्माणको लागि विभिन्न सहकारी, व्यवसायी तथा समाजसेवीहरुले सहयोग गर्ने क्रम निरन्तर रहेको छ ।
कार्यक्रम उप्रेतीको अध्यक्षतामा भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोट वसपार्क स्थित कार्यालयमा संस्थाको कार्यलमा भएको थियो । संस्थाले बिहिवार चरिकोट बसपार्कमा आगलागीबाट घर जलेर नष्ट भएका पीडित राधा खत्रीका परिवारलाई समेत एक महिनाको व्याज मिनाहा गरेको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।