महासंघको भवनलाई स्थानीय पूर्वाधारबाट १० लाख सहयोग

 शम्भु गौतम     १७ जेष्ठ २०७६, शुक्रबार

दोलखा, जेठ १८

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले १० लाख रुपैयाँ उपलव्ध गराएको छ ।
भीमेश्वर नगरपालिकाबाट प्राप्त हुने गरी नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले यस अघिदेखि नै प्रक्रिया अगाडि बढाएको थियो । सांसद् विकास कोषमार्फत सांसद् पार्वत गुरुङले महासंघको भवन निर्माण लागि उक्त साझेदारी कार्यक्रम अन्तरगत गत आर्थिक वर्षमै रकम विनियोजन गरेका थिए ।
भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसी र प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काद्वारा संयुक्त रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
महासंघको भवन निर्माण कार्य भइरहेको छ । अहिलेसम्म पहिलो ढलान कार्य सम्पन्न भएको छ । ८ कोठे भवनमा दोलखाको सम्पूर्ण सूचना सहितको व्यवस्थित सेमिनार हल समेत निर्माण हुन लागेको छ । भवन निर्माणको लागि संस्थागत र व्यक्तिगत रुपमा सहयोग जुट्दै आएको छ । दोलखाका सबै नगरपालिका र गाउँपालिकाहरु समेतले भवन निर्माणको लागि आर्थिक सहयोग गर्दै आएको छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।