सांसद् लामाले वितरण गरे एम्बुलेन्स र शवबाहन

 शम्भु गौतम     २१ जेष्ठ २०७६, मंगलवार

दोलखा, जेठ २१

संघीय सांसद जिपछिरिङ लामाले बुबा–आमाको स्मृतिमा दोलखाका स्थानीय तहलाई एम्बुलेन्स र शव वाहन वितरण गरेका छन् ।
दोलखाका ४ वटा स्थानीय तहलाई एम्बुलेन्स र दुईवटा स्थानीय तहलाई शवबाहन वितरण गरेका हुन् ।
सांसद लामाले बुबा–आमाको नाममा स्थापना गरेको तेङिमा–दाडोमा लामा स्मृति प्रतिष्ठानमार्फत आज स्थानीय तहका नागरिकको स्वास्थ्यमा सहज पहुँच पुगोस् भनेर एम्बुलेन्स र शव वाहन वितरण गरेका हुन् ।
जिरी नगरपालिकालाई एकथान एम्बुलेन्स र एकथान शव वाहन, भीमेश्वर नगरपालिकालाई एकथान शव वाहन वितरण गरेका छन् । यस्तै वैत्यश्वर, गौरीशंकर र शैलुङ गाउँपालिकालाई एक÷एक थान एम्बुलेन्स वितरण गरेका छन् ।
यसअघि लामाको जन्मस्थानसमेत रहेको जिरी नगरपालिका–१ श्यामालाई पनि एकथान एम्बुलेन्स वितरण गरेका थिए ।
गौरीशंकर गाउँपालिका–८ खारे, मेलुङ गाउँपालिका, तामाकेशी गाउँपालिका, विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिकालाई एक÷एक थान एम्बुलेन्स वितरण गरिएको सांसद लामाले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।