टिपरले चेपिएर कामदारको मृत्यु

 शम्भु गौतम     २२ जेष्ठ २०७६, बुधबार

दोलखा, जेठ २२

दोलखाको भीमेश्वर नगरपालिका ६ स्थित चोथाङको एक वर्कसपमा कार्यरत कामदारको टिपर मर्मतका क्रममा चेपिएर मृत्यु भएको छ ।
आज चोथाङको जटेश्वर मोटर पार्टस् एण्ड वर्कसपमा कार्यरत मजदुर १९ वर्षीय अरविन्द साहाकानुको टिपर मर्मत गर्नेक्रममा हाईड्रोलिक तल झर्दा च्यापिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उक्त वर्कसपमा काम गर्ने पर्सा बिरगंज उपमहानगरपालिका ११ का अरबिन्दको मृत्यु भएको हो । टिपरको पछाडिको भाग (ढाला) उचालेर मर्मत गर्दैगर्दा १९ वर्षीय साहाकानु हाईड्रोलिक झरेपछि चेपिएका थिए ।
उनको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक प्रदीपजंग महतले जानकारी दिए । मृत युवकको शव प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा पोस्टमार्टमका लागि राखिएको छ । बा २ क २८३७ नम्बरको टिपर मर्मतका क्रममा यो घटना भएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।