प्रनाउ पाठकलाई दोलखाली नागरिक समाजको सम्मानका साथ विदाइ

 शम्भु गौतम     २३ जेष्ठ २०७६, बिहीबार

दोलखा, जेठ २३

जिल्लामा शान्ति सुव्यवस्था, अमनचैन कायम गर्न र सूचना प्रवाहमा पु¥याएको योगदानको कदर गर्दै दोलखाको नागरिक समाजले प्रहरी नायव उपरीक्षक वासुदेव पाठकलाई सम्मानपत्रका साथ विदाइ गरेको छ ।
जिल्लाको शान्ति सुरक्षा, मानवअधिकार, सामाजिक न्याय, विकास निर्माण र सूचना प्रवाहमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै जिल्लाका तीसवटा संघसंस्थाले सामुहिक रुपमा सम्मानपत्रका साथ बिदाइ गरेका हुन् ।
पाठक २०७५ जेठ २३ गते दोलखा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायब उपरीक्षक पाठक सम्पत्ति सुद्धिकरण आयोगमा सरुवा भएपछि उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, मानवअधिकार संगठन, बार एसोसिएसन र जिल्लामा सञ्चालित मिडिया तथा पत्रकारहरुले एकैपटक सम्मान गर्दै बिदाइ गरेका हुन् ।
पत्रकार महासंघ दोलखा, नेपाल बार एशोसियसन, दोलखा उद्योग वाणिज्य संघ, दोलखा जिल्ला निर्माण व्यवसायी संघ, गैरसरकारी संस्था महासंघ दोलखा, हुराडेक नेपाल दोलखा, जिल्ला फुटबल संघ दोलखा, हाम्रो रेडियो, कालिञ्चोक एफएम, आवाज अनलाइन, वागेश्वरी असल शासन क्लब दोलखा, रेडियो शैलुङ, रेडियो भीमेश्वर,जिरी एफएम, दिक्षण राष्ट्रिय दैनिक, फोनिज दोलखा, दोलखा मिडिया प्रालि, चर्णावती मिडिया प्रालि, रातोगुराँस मिडिया प्रालि, असल शासन समन्वय समिति, ताम्रकौशिका मिडिया प्रालि, गौरीशंकर मिडिया प्रालि, सेतो गुराँस अनलाइन, ई(दोलखा अनलाइन, अभयपुर मिडिया प्रालि, चरिकोट मिडिया प्रालि, राम्रो पोष्ट मिडिया प्रालि, साइनो मल्टी मिडिया प्रालि, दर्पण सञ्चरा मिडिया प्रालि र दोलखा जिल्ला ब्याडमिन्टन संघले एकैपटक सम्मान गरिएको छ।
एक वर्षको अवधिमा दोलखामा चोरी नियन्त्रण, महिला हिंसा तथा यौनजन्य हिंसा नियन्त्रण र शान्ति सुरक्षा कायम गर्दै होटल तथा व्यवसाय सञ्चालनदेखि द्रूत र सही सूचना प्रवाहका लागि डिएसपी पाठकले महत्वपूर्ण भूमिका निर्वाह गरेको विदाइका क्रममा आयोजित कार्यक्रमका वक्ताहरुले बताए ।

प्रनाउ पाठकले आफुलाई गरिएको सम्मानले थप जिम्मेवार बढेको बताए । उनले आफ्नो शरीरमा लागेको क्यान्सर जितेको प्रसंग उल्लेख गर्दै अब समाजका क्यान्सरलाई परास्त गर्ने बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।