राष्ट्रिय प्रजातन्त्र पार्टीको बैचारिक दर्शन राजा महेन्द्रको राष्ट्रियतासंग जोडिएको छ ः कमल थापा

 राजन शिवाकोटी     २९ जेष्ठ २०७६, बुधबार

काठमाडौं
२९ जेठ २०७६
संवैधानीक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैचारिक दर्शन राजा महेन्द्रको राष्ट्रियतासंग गाँसिएको बताएका छन् । स्वर्गिय राजा महेन्द्रको १०० औं जन्मजयन्तिको अवसरमा आयोजित प्रवचन गोष्ठि कार्यक्रममा राप्रकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि कमल थापाले उक्त कुरा बताएका हुन् ।
राप्रपा अध्यक्ष थापाले अहिले मुलुकको राष्ट्रियता संकटमा परेको बताउँदै यसको रक्षार्थ राप्रपा लागिरहेको र यसमा आम नेपालीले साथ दिनुपर्ने बताएका थिए । थापाले २०१७ सालमा राजा महेन्द्रले चालेको कदम निरंकुसताको लागि नभई राष्ट्रियता संरक्षणको लागि भएको बताएका थिए ।
पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई राजा महेन्द्रले भावनात्मकरुपमा एकीकरण गरेको बताउँदै वर्तमान शासकहरुले देशलाई चिरा चिरा पार्न थालेको आरोप लगाए ।
कार्यक्रममा पूर्वमन्त्री तथा परराष्ट्रविद् रमेशनाथ पाण्डेले विदेशी प्रभावमा नपरी राष्ट्रिय हितमा काम गर्ने नेतृत्वको अभाव खड्कीएको बताउँदै नेपालमा रहेका भारतिय सेना फिर्ता गर्न २० बर्ष पछि कुटनितिक रुपमा राजा महेन्द्र सफल भएका बताए ।
नेपालको परराष्ट्र नीतिमा आमूल परिवर्तनको खाँचो रहेको भन्दै उनले दुवै छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
सोही कार्यक्रममा नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्रि सीपी मैनालीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि राजा महेन्द्रले चालेको कदमलाई वर्तमान पिंढीले पनि कुनै पूर्वाग्रहविना आत्मसात् गर्नुपर्ने बताउँदै नेपालमा स्व. राजा पृथ्वीनारायण शाहा पछाडि राजा महेन्द्र भएको बताएका थिए ।
महासचिव मैनालीले २०१७ सालको घटना आलोचना योग्य भएपनि दिल्ली सम्झौतामा भएको नेपालमा लोकसभा निर्वाचन गर्न नदिन राजा महेन्द्रले चालेको कदम राष्ट्रवादी र दुरगामी भएको चर्चा गरेका थिए ।
कार्यक्रममा राजनीतिज्ञ तथा पूर्वमन्त्री विश्वबन्धु थापा, पूर्वमन्त्री दिपक ज्ञवाली लगाएले स्व. राजा महेन्द्रलाई सम्झनु पर्ने कारणका वारेमा चर्चा गरेका थिए । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रचार विभागले आयोजना गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।