धान रोप्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

 शम्भु गौतम     ११ असार २०७६, बुधबार

दोलखा, असार ११

भीमेश्वर नगरपालिका वडा नं ५ विरुवामा धान रोप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
आज मध्य दिन जिल्लाको भीमेश्वर नगरपालिका ५ विरुवामा शंकर बुढाथोकीको धान रोप्ने क्रममा स्थानीय पुष्कर बुढाथोकीको पत्नी ४० वर्षीया दुर्गा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
बिजुलीको पोललाई सपोर्ट दिन पोलबाट खेतको आलीमा ढुङ्गाले बाँधेर छोडिएको तारमा करेन्ट सर्ट भई करेन्ट लाग्दा आज विहान करिब ११ः३५ बजे दुर्गाको घटनास्थलमै ज्यान गएको हो ।
घटनाबारे आवश्यक अनुसन्धान कारबाही भैरहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।