उच्च मनोबलका साथ काम गर्न सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको निर्देशन

 राजन शिवाकोटी     ३० असार २०७६, सोमबार

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उच्च मनोवलका साथ काम गर्न मातहतका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आईतबार सशस्त्र प्रहरी बल, नेपाल नं. १६ गण हेड क्वाटर सिन्धुपाल्चोक र सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेड क्वाटर काभ्रेको नवनिर्मित भवन उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

आइतबार भएको हेड क्वाटर भवन उद्घाटनका दुई छुट्टाछुट्टै कार्यक्रममा प्रमुख अतिथि महानिरीक्षक खनालले देशमा बर्षातको समय भएकोले बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् । उनले कुनै पनि प्रकारको विपद् प्रकोपको जोखिम भएमा उच्च मनोबलका साथ छिटोभन्दा छिटो उद्धार कार्यमा परिचालित हुन निर्देशन दिँदै एपीएफ एकाईहरुले आ–आफ्नो कार्यालयमा रहेका उद्धार सामाग्री तथा जनशक्तिलाई तयारी अवस्थामा राख्नसमेत भनेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा तथा सुशासन कायम राख्ने एवं सीमा सुरक्षा लगायत औद्योगिक सुरक्षा तथा राजश्व संकलनमा समन्वयका साथ सहयोग एवं सहकार्य गर्दै अगाडि बढ्न निर्देशन दिँदै जिम्मेवारीका क्षेत्रहरुमा यथाशिघ्र परिचालित भई परिणाममुखी कार्यसम्पादन गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । उनले सशस्त्र प्रहरी बलको स्थापनाको उदेश्यका बारेमा धारणा राख्दै स्थापनाको उदेश्य पुरा गर्दा बलका ३ सय १८ प्रहरीले विरगति प्राप्त गरेको उल्लेख गर्दै उनिहरुको सपना साकार पार्न तथा उनिहरुको आत्मलाई शान्ति प्राप्तको लागि समेत सशस्त्र प्रहरी बलका सबै कर्मचारीहरुले काम गर्नुपर्ने धारणा राखेका थिए ।

यसैगरी संघीय सरकारको अभिन्न सुरक्षा अंगको रुपमा रही कार्य सम्पादन गर्न, गम्भिर प्रकृतिका सुरक्षा चुनौतीहरुलाई सामना गर्न, तालिमका माध्यमबाट दक्ष तथा सक्षम जनशक्तिको विकास गरी अनुशासित, व्यावसायिक तथा ईमानदार राष्ट्रसेवक भई राष्ट्र निर्माण गर्न एवं अभैm प्रभावकारी रुपले शान्ति सुरक्षा कायम गर्न देशका सवै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको आवश्यकता महसुस गरी गत वर्ष नै संगठनको पुनर्संरचना गरिएको कुरा समेत उल्लेख गरे ।

भवन उद्घाटन कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, नगरपालिकाका प्रमुख, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो । शस्त्र प्रहरी बल, नेपाल नं. १६ गण हेड क्वाटर सिन्धुपाल्चोकका सशस्त्र प्रहरी उपरीक्षक नारायण श्रेष्ठले भवन निर्माणमा भएको लागत तथा गण स्थापनाको वारेमा धारणा राख्नु भएको थियो । भने सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेड क्वाटर काभ्रेको भवनको लागत तथा गण स्थापनाको वारेमा सशस्त्र प्रहरी उपरीक्षक बेनु प्रसाद पाठकले मन्तव्य राख्नु भएको थियो । भने सोही कार्यक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण बाबस थापा लगाएतले मन्तव्य राख्नु भएको थियो ।
भवन उद्घाटन कार्यक्रममा भवन निर्माणको लागि सहयोग गर्ने स्थानीय निकाय, सरकारी कार्यालय तथा भवन निर्माणमा उत्कृष्ठ कार्य गर्ने सशस्त्रका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।