१४ लाख ८६ हजार रकम सहित डिभिजन प्रमुख र इन्जिनियर पक्राउ

 राजन शिवाकोटी     ४ श्रावण २०७६, शनिबार

काठमाडौं, ४ साउन २०७६
दोलखाबाट काठमाडौं जाँदै गरेको अवस्थामा १४ लाख ६८ हजार संकास्पद रकम सहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । डिभिजन प्रमुख प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट एक लाख ३० हजार रकम बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
प्रवक्ता कोईरालाका अनुसार उक्त रकमसहित दोलखाबाट काठमाडौं जाँदै गर्दा भक्तपुरको जगाति नजिकैबाट शुक्रबार राती करिव ९ वजे उनीहरुलाई पक्राउ गरिएको हो । सूचनाका आधारमा उनीहरु चडेर आएको सवारी नम्वरको साधनलाई रोकी पक्राउ गरिएको प्रवक्ता कोईरालाले जानकारी दिनुभयो ।
उक्त संकास्पद रकमका बारेमा अनुसन्धान भईरहेको जनाईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।