साँघुटार बजारमा आगलागी

 राजन शिवाकोटी     ९ श्रावण २०७६, बिहीबार

९ साउन २०७६
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटार बजारमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आगोबाट एउटा पक्की घर, एउटा ट्रस्ट लगाएको घर र तीनवटा झुप्रा जलेका छन् । बिहीबार बिहान ८ बजेबाट सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । करेन्ट सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।
सिंहदेवी निर्माण सेवाको स्टोरबाट सुरु भएको आगोले अंकित श्रेष्ठ, राजन सुवेदी, नविन बुढाथोकी, अनिष थापा तथा कुमार थापाको घर र घरभित्र रहको सामान पनि जलेर नष्ट भएको बताईएको छ ।
गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकाले आगो नियन्त्रणमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले घटनास्थलमा प्रहरी चौकी धोबीबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोली जाँदै गरेको बताए ।
साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुंगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ ।
अनलाईन खवरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।