क्षमता घटाईएको भन्दै स्थानीयवासीको विरोध

 राजन शिवाकोटी     १३ श्रावण २०७६, सोमबार

१२ साउन २०७६
दोलखा जिल्लाको तामाकोसी नदिमा निर्माण गर्ने भनिएको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता घटाएर २ सय मेगावाटमा गोप्य रुपमा सम्झौता गरेको भन्दै दोलखावासीहरुले विरोध जनाएका छन् ।
६५० मेगावाट उत्पादन क्षमता भएको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता घटाएर २ सय मेगावाट उत्पादनको लागि उर्जा मन्त्रालयले टिबीआइ होल्डिङसंग सम्झौता गरेको भन्दै विरोध भएको हो । गत साउन ८ गते ऊर्जामन्त्री बर्षमान पुनकै उपस्थितिमा ६५० मेगावाट क्षमताको तामाकोसी तेस्रो जलविद्युत आयोजनाको क्षमता ४५० मेगावाट घटाएर २ सय मेगावाटमा टिबीआइ होल्डिङसंग सम्झौता गरेको समाचार चिनको सिन्हवा समाचारमा आएपछि नेपाली मिडियाले जानकारी पाएका थिए । उक्त समाचार नेपाली मिडियामा आएपछि स्थानीय स्तरमा दोलखाको राजनीतिक दल, नागरिक समाज, उद्योग व्यवसायी र सरोकार समितिले तिब्र विरोध गरेका छन् । उनीहरुले आयोजना निर्माणमा सहयोग गर्ने तर कुनै पनि हालतमा आयोजनाको क्षमता घटाउन नदिने बताएका छन् ।
जलविद्युत निर्माणमा अन्र्तराष्ट्रियस्तरमा नै ख्याती प्राप्त कम्पनी नर्वेको स्टाटक्राफ्टलले परामर्शदाता कम्पनी स्वको नोर्गे एएस नर्वेको सहयोगमा लामो समयको अध्ययनपछि अधिकतम १३२० मेगावाट उत्पादन गर्न सकिने भन्दै ८८० मेगावाटहुँदै ६५० मेगावाट क्षमतामा अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।