दोलखाको जुँगुमा पहिरो, २० घरमा क्षति २ वेपत्ता

 राजन शिवाकोटी     १८ श्रावण २०७६, शनिबार

१८ साउन २०७६
दोलखा÷आज राती गएको पहिरोले गौरीशंकर गाउँपालिका–१, जुँगुका २० घरमा पूर्ण क्षति भएको छ भने २ जना वेपत्ता भएका छन् । घरमाथिबाट पहिरो झरेपछि भाग्ने क्रममा जुगँु अप्लेपुका जगत वहादुर खत्री वेपत्ता हुनु भएको जनाईएको छ । आज राति करिब ११ वजेबाट झरेको पहिरो घरमा आएपछि भाग्ने क्रममा खत्री वेपत्ता भएका छन् । अहिले पनि खोजी कार्य जारी रहेको छ तर फेला पार्न सकिएको छैन । करिब ७ ठाउँवाट भन्दा वढी स्थानबाट पहिरो झरेको छ । उद्धारमा समेत कठिनाइ र असुरक्षा भोग्नु परेको छ – स्थानीयले जनाएका छन् । रातीदेखि झरेको पहिरोका कारण जुँगुको काँसीघारे, झगरे पात्ले र अप्लेपु लगायतका स्थानमा वढी क्षति भएको वताइएको छ । पहिरोका कारण २ सय भन्दा वढी घर पहिरोको उच्च जोखिममा रहेको तर सुरक्षित स्थान नभएका कारण स्थानीयलाई झनै समस्या भएको छ । घटनाको एकीन विवरण सङकलनमा समेत समस्या भएको स्थानीयको भनाई रहेको छ ।
यसैवीच आज राती नै गौरीशंकर गाउँपालिका २ मा रहेको जुँगु खोलामा यात्रुवाहक वस फसेपछि उद्धारका लागि आएका जुँगुकै निसान खड्का सम्पर्कमा नभएको जिल्ला प्रहरी कार्यालय दोलखाको भनाई रहेको छ । काठमाण्डौबाट जुँगु उखुवारी जाने वस फसेपछि वसभित्र रहेका १५ देखि २० जना यात्रुका उद्धारका लागि स्थानीयवासी र सुरक्षाकर्मी लगायतले उद्धार गरेका थिए । तर रातको समयमा उद्धार गर्न पुगेका खड्का अहिले सम्पर्कमा नरहेको र खोजी कार्य जारी रहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मान वहादुर राईले जानकारी दिनुभयो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।