डलरको तुलनामा नेपाली पैसा कमजोर हुँदा सुनको मूल्य बढ्दो, प्रति तोला ७० हजार पुग्यो

 राजन शिवाकोटी     २३ श्रावण २०७६, बिहीबार

२३ साउन २०७६
आज सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको जनाएको छ ।
पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ । आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो भने अर्को दिन ५ सय बढ्यो ।
मंगलबार १५ सयले बढेर प्रतितोला ६८ हजार ८ सयमा कारोबार भएको थियो ।
बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो ।
नेपाली बजारमा दिनदिनै नयाँ रेकर्ड राखेको सुनको मूल्य विश्व बजारमा भने यसअघिको उच्च मूल्यमा पुगेको छैन ।
अहिले नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गर्दा अन्तर्रा्ष्ट्रिय बजारमा भने प्रतिऔंस १५ सय डलरको हाराहारीमा छ । यो बढ्दै गएको छ ।
त्यतिबेला नेपाली मुद्रा बलियो भएकाले सुनको मूल्य कम थियो । अहिले अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारण सुनको मूल्य बढी भएको हो ।
अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।
यता मूल्य अत्याधिक हुदाँ सुनको कारोबार भने ठप्पजस्तै भएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।