मोहन कार्कीको अध्यक्षतामा राप्रपा दोलखा–काठमाडौं समाज गठन

 राजन शिवाकोटी     ३१ श्रावण २०७६, शुक्रबार

३१ साउन २०७६
काठमाडौं÷राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा–काठमाडौं सम्पर्क समाज गठन भएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय धुम्वाराहीमा भएको भेलाले मोहन कार्कीको अध्यक्षतामा २९ सदस्यिय दोलखा–काठमाडौं सम्पर्क समाजको गठन गरेको थियो । नवगठित समाजको उपाध्यक्षमा सरीता श्रेष्ठ, सचिबमा दिनेश शिवाकोटी, सहसचिबमा सुवाष सुवेदी र मोतिलाल श्रेष्ठ, कोषाध्यक्षमा दावा शेर्पा, सह कोषाध्यक्षमा सुष्मिता सुवेदी रहनुभएको छ भने सदस्यहरुमा सरिता बस्नेत, दिनेश बस्नेत, अनिश खड्का, सिए विष्णु राउत, राम कार्की, राम खडका, कुसुम तामाङ, किशोर आचार्य र राजाराम भट्ट रहनुभएको छ । यसैगरी दोलखा–काठमाडौं सम्पर्क समाजको सल्लाहकार समितिमा ज्योतिष पण्डीत महेन्द्र खतिवडा, कमल गजाधर खड्का, लव खड्का र दिल बहादुर आचार्य रहेका छन् ।
आज भएको दोलखा–काठमाडौं सम्पर्क समाज गठन घोषणा सभाका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले गत संविधानसभामा राप्रपाको गणपुरक संख्या नभएका कारण हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापीत हुन नसकेको बताउँदै अबको निर्वाचनमा जनताको मन जितेर पूर्ण बहुमतका साथ पार्टीलाई स्थापित गर्दै हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने दृढ संकल्प लिएर पार्टी अघि बढीसकेकोले बताएका थिए ।


पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोलखा–काठमाडौं सम्पर्क समाज गठनको लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संगठन विस्तारमा लाग्न पार्टीका सबै तहका नेता, कार्यकर्ताहरुलाई निर्देशन दिंदै संगठन विस्तारलाई सार्थक बनाउन पार्टीले २०७६ साललाई संगठन निर्माण वर्ष घोषणा गरेर बताए ।
नवगठित दोलखा–काठमाडौं सम्पर्क समाजका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै पार्टीका बरिष्ठ उपाध्यक्ष तथा जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङले यहि संसदले हिन्दु राष्ट्र घोषणा गर्ने तर्क राख्दै राप्रपाको राष्ट्रबाद सहितको प्रजातन्त्रिक विचारको जित हुने विश्वास व्यक्त गरेका थिए ।


राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको उक्त घोषणा सभा कार्यक्रममा राप्रपाका केन्द्रिय महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापा, केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्का, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरुष, केन्द्रीय सदस्य तथा सम्पर्क समाज समन्वय विभागका सदस्यसचिब अम्बिका प्रसाद अधिकारी राप्रपा दोलखाका नेता राजनबहादुर शिवाकोटी, राप्रपा दोलखाका उपाध्यक्ष शिव केसी लगायतले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिंदै नवगठित समितिलाई पार्टीको संगठन विस्तार कार्यमा जुट्न आग्रह गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।